
काठमाडौँ, फागुन ३० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादीले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्। आज (मंगलबार)बाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मानवअधिकारको रक्षाका लागि लडन पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिए। उनले बुद्ध जन्मेको देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा आउँन नहुने समेत बताए ।
अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई घेराबन्दी राख्ने , तर्साउँने ,धम्क्याउँने काम माओवादीबाट भईरहेको आरोप समेत लगाए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे