
काठमाडौँ । काठमाडौँ । चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि नेपालमा अमेरिकाबाट लगातार उच्चस्तरीय भ्रमणहरू भइरहेका छन् । अब जेठ १६ गते अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीन दिने भ्रमणका लागि नेपाल आउन लागेकी छन् । उनी जेठ १८ गतेसम्म नेपालमा रहनेछिन् ।
उनले नेपाल बसाइका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछिन् । यसअघि वैशाख ७ गते अमेरिकी विदेश मन्त्रालयका सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल आएका थिए । त्यसपछि वैशाख १७ गते अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर पनि नेपाल आएका थिए ।
त्यसैबीच, अमेरिकी उपविदेशमन्त्री सारा फर्किने दिनमै रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी रहेको पनि बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे