
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा छुट्ने भएका छन् । पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन् ।
सरकारी वकिल कार्यालयले सोमबार मात्रै उनीविरुद्ध राज्यविरुद्धको कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो । प्रसाईंलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । त्यसपछि उनलाई केही दिनको म्याद थप गरेर अनुसन्धान गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे