
काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयकहरूबारे छलफल र निर्णय हुने कार्यक्रम छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटनसम्बन्धी विधेयक अघि बढाउन प्रस्ताव पेश गर्नेछन् । त्यसपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गर्नेछिन् ।
यसैगरी बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक—प्रतिनिधिसभा निर्वाचन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमाथि दफाबार छलफल र पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।
संसद्ले यी कानुनहरूलाई सुधार र अद्यावधिक गर्ने उद्देश्यसहित छलफल गर्ने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे