
काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण पुष्टि भएको छ । यो रोग धेरै संक्रामक हुने र पन्छीबाट मानिसमा समेत सर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नगरपालिकाले प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका सामग्री सुरक्षित रूपमा नष्ट र व्यवस्थापन गर्ने काम भइरहेको जनाएको छ ।
फार्ममा बाहिरका मानिस र सवारी साधन प्रवेश नगर्न, आवश्यक परे निसंक्रमणपछि मात्र प्रवेश गराउन भनिएको छ । कामदारहरू एक फार्मबाट अर्को फार्ममा नजान पनि आग्रह गरिएको छ ।
खोर नियमित सफा गर्ने, निसंक्रमण गर्ने, सुरक्षात्मक सामग्री प्रयोग गर्ने र मरेका पन्छी सुरक्षित रूपमा गाड्न पनि निर्देशन दिइएको छ । स्वास्थ्य समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाव दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे