
काठमाडौँ । मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज दिउँसो बसेको बैठकले उक्त निर्णय गर्दै सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि निर्णय गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिएकी छन्।
बैठकले भन्सार नियमावली, २०८३ लाई समेत स्वीकृत गरेको छ। यो नियमावलीले भन्सार प्रशासन र सम्बन्धित प्रक्रियालाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गरी नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे