
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ संसद्मा पेश गर्नेछन्।
बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गर्न सांसद खडकबहादुर बुढाले राखेको प्रस्तावमाथि निर्णय हुने कार्यसूची पनि छ। साथै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्न सांसद नीता घतानीले राखेको प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे