
काठमाडौँ । मेक्सिकोले विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेको छ। शुक्रबार भएको समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको अर्को चरण पुग्ने पहिलो टोली बनेको हो।
दुई खेलबाट मेक्सिकोले ६ अंक जोडेको छ र शीर्ष दुईमा रहने निश्चित भएको छ। दक्षिण कोरिया भने ३ अंकसहित दोस्रो स्थानमा छ। हार भए पनि उसले अर्को चरण पुग्ने सम्भावना कायम राखेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै मेक्सिकोको जितका लागि निर्णायक बन्यो। दक्षिण कोरियाका गोलकिपरको गल्तीका कारण उक्त गोल सम्भव भएको थियो।
समूहका अन्य टोली चेक गणतन्त्र र दक्षिण अफ्रिका समान १–१ अंकमा रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे