
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी नहुने भएका छन्। रास्वपाका सभापति रवि लामिछानेले उनलाई विशिष्ट अतिथिका रूपमा उपस्थित भएर शुभकामना दिन निमन्त्रणा पठाएका थिए। तर साम्पाङले उक्त निमन्त्रणा अस्वीकार गरेका छन्।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति रास्वपाको स्पष्ट धारणा नआएको कारण आफू महाधिवेशनमा सहभागी हुन नसक्ने बताएका छन्। उनले निमन्त्रणा व्यक्तिगत रूपमा रवि लामिछानेको सद्भावका कारण आएको बुझाइ राखे पनि कार्यक्रममा नजाने निर्णय गरेका हुन्।
रास्वपाले साम्पाङसहित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि महाधिवेशनमा निमन्त्रणा दिएको छ। कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा तथा जसपा नेपालका नेताहरूलाई शुभकामना मन्तव्यका लागि बोलाइएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे