
काठमाडौँ । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि ल्याएका ८ वटा अध्यादेशमध्ये ४ वटा अध्यादेश आज प्रतिनिधिसभामा स्वीकृतिका लागि प्रस्तुत हुने भएका छन्। यी अध्यादेशहरू गत २८ वैशाखमा संसद्को दुवै सदनमा पेश गरिएका थिए।
आज सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ।
सार्वजनिक खरिद अध्यादेश कानुन मन्त्री सोविता गौतम, सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले, सहकारी अध्यादेश भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रतिभा रावल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश स्वास्थ्य मन्त्री निशा मेहताले संसद्मा प्रस्तुत गर्ने कार्यसूची छ।
सरकारले संसद् बैठक नभएको समयमा विभिन्न कानुन संशोधन तथा नीतिगत सुधारका लागि यी अध्यादेश जारी गरेको थियो। अब ती अध्यादेशलाई संसद्बाट अनुमोदन गराउने प्रक्रिया अगाडि बढाइएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे