
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले कुनै पनि क्षेत्रलाई उत्साहित बनाउन नसकेको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले बजेट सार्वजनिक भएदेखि नै सेयर बजार लगातार घटिरहेको भन्दै सरकारको आलोचना गरिन्। बजेटले अर्थतन्त्रमा सकारात्मक सन्देश दिनुपर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ थियो।
उनले उद्योग, निजी क्षेत्र र पुँजी बजारमा उत्साह नदेखिएको तथा लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको बताइन्। वर्तमान आर्थिक अवस्था र बजेटको प्रभावबारे प्रश्न उठाउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीसँग ‘यो बजेटबाट वास्तवमा को उत्साहित भएको छ ?’ भन्दै जवाफ मागिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे