
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।
यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।
विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइटबाट आफ्नो नतिजा हेर्न सक्नेछन्। यसअघि एसईईको नतिजा पनि परीक्षा सकिएको २९ दिनमै सार्वजनिक गरिएको थियो। सरकारले विद्यालय तहका परीक्षाको नतिजा छिटो सार्वजनिक गर्ने नीति अनुसार कक्षा १२ को नतिजा पनि समयमै सार्वजनिक गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे