
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छाको विषयमा छिटो जवाफ दिन आदेश दिएको छ। अदालतले केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँलाई सूचना पाएको २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत गोल्छालाई उपस्थित गराएर लिखित जवाफ पेश गर्न भनेको हो।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। गोल्छाकी पत्नी सीमा गोल्छाले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन्।
अदालतले रिटको प्रतिलिपि सम्बन्धित पक्षलाई पठाएर समयभित्र जवाफ मागेको छ। साथै, अनुसन्धान भइरहेको फाइलसमेत झिकाएर थप अध्ययन गर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे