२०८० आश्विन १७, बुधबार
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भएनभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेस्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गनुभएको छ ।
मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भएनभएको अनुगमन गर्न निर्देशन गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
कोभिड–१९ का मापदण्डपूरा नभएमा केही हप्ता परीक्षा स्थगित गर्ने समेत प्रधानमन्त्री देउवाले निर्देशन दिनुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे