
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई खुलापत्र लेख्दै आफूले निर्वाचनका बेला दिएको रकम फिर्ता गर्न माग गरेका छन्। राजभण्डारीका अनुसार २०७९ सालको निर्वाचनका क्रममा लिङदेन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आफूबाट ४५ लाख रुपैयाँ लिएका थिए। त्यसमध्ये १० लाख रुपैयाँ फिर्ता भए पनि बाँकी ३५ लाख रुपैयाँ अझै नफर्काइएको भन्दै उनले तत्काल रकम फिर्ता गर्न आग्रह गरेका छन्।
राजभण्डारीले राप्रपाको केन्द्रीय कार्यालय रहेको आफ्नो धुम्बाराहीस्थित घर पनि ३५ दिनभित्र खाली गर्न चेतावनी दिएका छन्। उनले आफ्नो घर पार्टीलाई सहयोगस्वरूप प्रयोग गर्न दिएको भए पनि अहिले त्यहाँ बस्न लायक नैतिकता नेतृत्वमा नरहेको आरोप लगाएका छन्।
खुलापत्रमा उनले लिङदेनमाथि पार्टीभित्र गुटबन्दी बढाएको, कार्यकर्ताको विश्वास तोडेको र आर्थिक पारदर्शिता कायम नगरेको आरोप पनि लगाएका छन्। साथै लिङदेनको सम्पत्ति, जीवनशैली र आर्थिक स्रोतबारे प्रश्न उठाउँदै विभिन्न गम्भीर आरोपहरू समेत लगाएका छन्। यद्यपि, यी आरोपहरूबारे लिङदेनको प्रतिक्रिया सार्वजनिक भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे