
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। पार्टीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको हो।
स्रोतका अनुसार दुवै नेतालाई औपचारिक निमन्त्रणापत्र पठाइसकिएको छ। तर उनीहरू महाधिवेशनमा सहभागी हुने वा नहुने भन्नेबारे अहिलेसम्म कुनै निश्चित जानकारी आएको छैन।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा पार्टीको भावी नेतृत्व, नीति तथा संगठनात्मक विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे