
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठएका प्रश्नहरूको जवाफ उनले दिने कार्यसूची रहेको छ।
प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटको जिम्मेवारी सम्हालेका छन्। यसअघि पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिएका थिए। यसपटक पनि प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा उनी संसद्मा उपस्थित हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे