
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी साता चितवनमा हुने आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि मापदण्ड तय गरेको छ। पार्टीले अधिवेशन हुन नसकेको मधेश प्रदेशबाट पनि प्रतिनिधित्व सुनिश्चित गर्न विशेष व्यवस्था गरेको जनाएको छ।
महाधिवेशन आयोजक समिति गठन हुँदासम्म केन्द्रीय पोर्टलमा दर्ता भएका प्रदेश समिति, प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागका पदाधिकारी र सदस्यहरूले प्रतिनिधित्व गर्न पाउनेछन्। काठमाडौं सम्पर्क विभागबाट प्रमुखसहित तीन जना, जसमा कम्तीमा एक महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।
जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबाट सभापतिसहित तीन जना प्रतिनिधि सहभागी हुन पाउनेछन्। अधिवेशन नभएका निर्वाचन क्षेत्रबाट संयोजक मात्र सहभागी हुन सक्नेछन्। पालिका अधिवेशन सम्पन्न भएका स्थानबाट एक जना प्रतिनिधि र तदर्थ समितिको हकमा सभापति मात्र महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे