
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशबारे राय लिन कानुनविद्हरूसँग छलफल गर्ने भएका छन्। उनले आज (बिहीबार) अपराह्न ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका हुन्। सरकारले यसअघि संसद् अधिवेशन बोलाउन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए। तर पछि सरकारले विशेष कारण देखाउँदै त्यो प्रक्रिया रोकेको थियो।
यसबीच सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाएको छ, जसको विपक्षी दलहरूले विरोध गरिरहेका छन्। सरकारका अनुसार यी अध्यादेश सार्वजनिक नियुक्ति पारदर्शी बनाउने, दलीय प्रभाव घटाउने, विकास निर्माण छिटो गर्ने, सहकारी पीडितको रकम फिर्ता गराउने र भूमि–सम्बन्धी सेवा सुधार गर्ने उद्देश्यले ल्याइएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे