२०८० आश्विन १७, बुधबार
नेपालमा पहिलोपटक वि।सं। १९६८ मा जनगणना भएको थियो । त्यसपछि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । यसबीचमा झण्डै २७ लाख जनसंख्या थपिएको छ ।अहिले नेपालको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । १० वर्षअघि वार्षिक वृद्धिदर १।३५ प्रतिशत रहेकामा यस पटक भने ०।९३ प्रतिशतमा झरेको छ । यसको अन्तिम तथ्यांक आउँदा केही तलमाथि हुनसक्ने भएपनि ठूलो घटबढ नहुने विभागले जनाएको छ ।नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून देखिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले ९० वर्षयताकै न्युन जनसंख्या वृद्धिदर भएको जनाएको हो ।
पछिल्लो समयमा नेपालमा पनि एउटा मात्रै बच्चा जन्माउने दम्पती धेरै भइसके । मधेस प्रदेश, कर्णाली र सुदुरपश्चिममा जन्मदर बढी नै छ । बाँकी ४ प्रदेशमा कम छ । वाग्मती प्रदेशमा एकजना महिलाले १.६ अर्था १० जना महिलाले १६ जना बच्चा मात्रै पाउँछन् । काठमाडौंमा १० जना महिलाले १४ जना बच्चा पाउँछन् । यसको अर्थ एउटा मात्रै सन्तान जन्माउने संख्या बढ्दो छ।जसको कारण जन्मदर घट्नेक्रम छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे