
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)ले निमन्त्रणा गरेको हो । भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी दुई दिने भ्रमणमा जान लागेका हुन् ।
लामिछाने जेठ १८ र १९ गते भारतमा रहने भनिएको छ । उनीसँग उनकी पत्नी, स्वकीय सचिव र दुई सांसद पनि जानेछन् । ती सांसदहरू विपिनकुमार आचार्य र दीपक बोहरा हुन् ।
भारत भ्रमणका क्रममा उनले दिल्लीमा विभिन्न राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने तयारी भएको बताइएको छ । तर भ्रमणको औपचारिक मिति र कार्यक्रमबारे भाजपाले पछि सार्वजनिक गर्ने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे