
काठमाडौं । सहकारीमा पैसा फसेर लामो समयदेखि फिर्ता पाउन नसकेका सर्वसाधारणका लागि सरकारले नयाँ व्यवस्था ल्याएको छ। अब ‘चक्रीय कोष’ मार्फत बचतकर्ताले आफ्नो पैसा चरणबद्ध रूपमा फिर्ता पाउने भएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ कार्यविधि लागू गर्दै समस्याग्रस्त सहकारीका सदस्यलाई राहत दिने प्रयास गरेको हो। यस कोषमा सरकारको रकम, सहकारीको सम्पत्ति बेचेर आएको पैसा र जिम्मेवार व्यक्तिबाट असुलिएको रकम राखिनेछ।
पाँच लाख रुपैयाँसम्म बचत गरेका साना बचतकर्तालाई पहिलो प्राथमिकता दिइनेछ। साथै ज्येष्ठ नागरिक, एकल महिला, दलित, आदिवासी र अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ।
बचत फिर्ता लिन इच्छुकले आवश्यक कागजातसहित निवेदन दिनुपर्छ, र पैसा सिधै बैंक खातामा पठाइनेछ। तर ऋण नतिर्ने, सहकारीका सञ्चालक वा अनियमिततामा संलग्न व्यक्तिले भने तुरुन्तै पैसा पाउने छैनन्। आवश्यक परे दोषीको सम्पत्ति बेचेर पनि रकम फिर्ता गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे