
काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई कडा नियन्त्रण गर्ने निकायभन्दा जनतालाई सहयोग गर्ने भूमिकामा बस्न सुझाव दिएका छन्। उनले जनताले अहिलेको सरकारलाई कानुन र विधि अनुसार देशमा व्यवस्था मिलाउने जिम्मा दिएको भन्दै सामाजिक सञ्जालमा यस्तो धारणा राखेका हुन्।
अर्यालले लेखेका छन्, “जनताले हामीलाई विधि र नियममार्फत व्यवस्था बसाल्न जिम्मा दिएका हुन्। त्यसैले शासन गर्ने होइन, सहज बनाउने सोच राखौँ।” उनले मानव जीवन पनि परमात्माको अंश भएको भन्दै सबैप्रति सहिष्णु र सकारात्मक व्यवहार गर्नुपर्ने संकेत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे