
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता रोकिएको विषयमा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल ले तत्काल दर्ता गर्न आदेश दिएपछि अदालतमा तनावपूर्ण स्थिति बनेको छ । आदेशपछि सर्वोच्च प्रशासनका केही कर्मचारीहरू कार्यकक्ष छाडेर हिँडेको बताइएको छ ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल लगायतका रिट तथा अधिवक्ता गीता थापा को दरपीठ सम्बन्धी निवेदन दर्ता नगरेको भन्दै उजुरी परेको थियो । कानुन व्यवसायीहरूले चौथो वरीयताका डा. मनोजकुमार शर्मा विरुद्धको रिट समेत रोकिएको गुनासो गरेका थिए ।
मल्लले अदालत नै न्याय प्राप्त गर्ने अन्तिम स्थान भएकाले सबै निवेदन कानुनअनुसार दर्ता गर्नुपर्ने स्पष्ट निर्देशन दिएकी छन् । उनले प्रशासनले निवेदन रोक्न नपाउने र यसले न्यायमा पहुँचमा बाधा पुर्याउने बताएकी छन् ।
मुख्य रजिस्ट्रारले केही निर्देशनका कारण दर्ता रोकिएको बताए पनि यसलाई न्यायिक प्रक्रियामा गम्भीर समस्या मानिएको छ । अन्ततः सबै रिट आजै दर्ता गरी भोलि इजलासमा पेश गर्न आदेश दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे