
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान साढे १० बजेबाट बैठक सुरु भएको जानकारी दिएका हुन् ।
बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल भइरहेको जनाइएको छ । मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेपछि आजै संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने तयारी गरिएको छ ।
सरकारका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी विस्तार, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे