
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने कार्यलय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । पार्टीका कार्यालय सचिव डा। अधिकारी का अनुसार तयारी नपुगेपछि शनिबारका लागि तय गरिएको बैठक आजलाई सारिएको हो ।
बैठकमा ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन, केन्द्रीय सदस्यलाई पालिका स्तरको जिम्मेवारी दिने विषय र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुनेछ । साथै, केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँड, फागुनमा भएको निर्वाचनको समीक्षा तथा सुकुम्बासी व्यवस्थापन र सरकारका पछिल्ला गतिविधिबारे पनि बैठकमा कुरा हुने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे