
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ पार्टी अध्यक्ष हर्कराज राई सहित सांसदहरू उठेर प्लेकार्ड देखाउँदै सभामुखको अगाडि पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोकेका थिए ।
सभामुख डोलप्रसाद अर्याल ले सदनभित्र यसरी प्लेकार्ड देखाएर विरोध गर्नु संसदीय मर्यादाविपरीत भएको भन्दै यस्तो नगर्न निर्देशन दिए । उक्त पार्टीले पहिले प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएको भन्दै बैठक बहिष्कार गरेको थियो ।
आजको बैठकमा नियमावली प्रतिवेदन, समिति हेरफेर र आगामी बजेटका सिद्धान्तमाथि छलफल गर्ने कार्यसूची छ । संसमै प्ले कार्ड देखाएर विरोध जनाए पछि सभामुखले भने त्यसो नगर्न निर्देशन दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे