
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गरिनेछ । उक्त प्रस्ताव समितिका सभापति गणेश पराजुली ले प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउने बजेटका मुख्य सिद्धान्त र प्राथमिकतामाथि पनि आजदेखि संसद्मा छलफल सुरु हुने कार्यसूची रहेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे