• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २९, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दूरशिक्षामा ७ करोडभन्दा बढी खर्च, अधिकांश विद्यालयमा प्रभाव न्यून

१ घण्टा अघि
२

अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’

१६ घण्टा अघि
३

सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

१७ घण्टा अघि
४

इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

१८ घण्टा अघि
५

भन्सार राजस्व चुहावट प्रकरणमा छुट्टै संसदीय उपसमिति बनाउन सांसदहरूको दबाब

१९ घण्टा अघि
६

ट्रष्टको सम्पत्ति संरक्षणमा लापरवाही, १५ हजार रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन अझै अधुरो,केही स्थानमा निजी विद्यालयसमेत सञ्चालन

१ दिन अघि
७

मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

१ दिन अघि
८

बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

१ दिन अघि
९

मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित

१ दिन अघि
१०

संसद् बैठक २ बजेलाई सर्‍यो

१ दिन अघि
११

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

१ दिन अघि
१२

संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार (१ घण्टा अघि)

दूरशिक्षामा ७ करोडभन्दा बढी खर्च, अधिकांश विद्यालयमा प्रभाव न्यून

  • 117 Views
  • काठमाडौं । दूरशिक्षा कार्यक्रम सञ्चालनका लागि सरकारले विगत तीन वर्षमा रेडियो, टेलिभिजन तथा छापा माध्यममार्फत शैक्षिक सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा ७ करोड ४६ लाख ७० हजार रुपैयाँभन्दा बढी खर्च गरेको भए पनि यसको प्रभावकारितामाथि प्रश्न उठेको छ।

    विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले महामारी तथा अन्य विषम परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार दूरशिक्षा वा प्रत्यक्ष माध्यमबाट सिकाइ सहजीकरण गर्न सकिने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार शैक्षिक सामग्री निर्माण तथा प्रसारणका लागि सम्बन्धित निकायमार्फत विभिन्न सञ्चारमाध्यमलाई बजेट उपलब्ध गराइएको थियो।

    उपलब्ध विवरणअनुसार तीन वर्षको अवधिमा रेडियो नेपाललाई १ करोड ८९ लाख २८ हजार रुपैयाँ, नेपाल टेलिभिजन प्लसलाई ४ करोड २१ लाख २२ हजार रुपैयाँ तथा गोरखापत्रलाई १ करोड ३६ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

    यद्यपि, त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्रले २०८१ मा गरेको सर्वेक्षणले कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे पनि लेखापरीक्षणका क्रममा प्राप्त तथ्यांकले फरक चित्र देखाएको छ। सर्वेक्षणमा सहभागी ५७ विद्यालयमध्ये कुनै पनि विद्यालयका सबै विद्यार्थीले रेडियो वा टेलिभिजनमार्फत प्रसारित सामग्री नियमित रूपमा उपयोग नगरेको पाइएको छ।

    प्राप्त विवरणअनुसार ४५ विद्यालयका केही विद्यार्थीले मात्र रेडियो तथा टेलिभिजन सामग्री सुन्ने वा हेर्ने गरेका थिए भने १२ विद्यालयलाई कार्यक्रमबारे जानकारी नै नभएको उल्लेख गरिएको छ। त्यस्तै ४४ विद्यालयले उक्त सामग्री शिक्षण–सिकाइका लागि खासै उपयोगी नभएको प्रतिक्रिया दिएका छन्।

    यसैगरी ३७ विद्यालयले आगामी दिनमा डिजिटल माध्यममा आधारित शैक्षिक सामग्री विकास गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले अनलाइन सिकाइ सामग्री, शैक्षिक पोर्टल तथा अनुप्रयोगमार्फत अध्ययन सामग्री उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याएका छन्।

    हाल अधिकांश विद्यालयमा नियमित रूपमा भौतिक कक्षा सञ्चालन भइरहेको तथा निःशुल्क डिजिटल माध्यमहरूको पहुँचसमेत विस्तार भइरहेको अवस्थामा रेडियो, टेलिभिजन र छापा माध्यमबाट शैक्षिक सामग्री उत्पादन तथा प्रसारणमा ठूलो रकम खर्च हुँदा त्यसबाट प्राप्त उपलब्धिको स्पष्ट मूल्याङ्कन हुन नसकेको देखिएको छ।

    यस अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको लाभ–लागत विश्लेषण गरी दूरशिक्षा कार्यक्रमलाई निरन्तरता दिने वा यसको स्वरूप परिवर्तन गर्ने विषयमा नीतिगत निर्णय आवश्यक रहेको सुझाव दिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दूरशिक्षामा ७ करोडभन्दा बढी खर्च, अधिकांश विद्यालयमा प्रभाव न्यून
    १ घण्टा अघि

  • २

    अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’
    १६ घण्टा अघि

  • ३

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने
    १७ घण्टा अघि

  • ४

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार
    १८ घण्टा अघि

  • ५

    भन्सार राजस्व चुहावट प्रकरणमा छुट्टै संसदीय उपसमिति बनाउन सांसदहरूको दबाब
    १९ घण्टा अघि

  • ६

    ट्रष्टको सम्पत्ति संरक्षणमा लापरवाही, १५ हजार रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन अझै अधुरो,केही स्थानमा निजी विद्यालयसमेत सञ्चालन
    १ दिन अघि

  • ७

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न
    १ दिन अघि

  • ८

    बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
    १ दिन अघि

  • ९

    मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित
    १ दिन अघि

  • १०

    संसद् बैठक २ बजेलाई सर्‍यो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    ४

    कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर

    नेपाल नक्सा
    ५

    नेपाल टेलिकमको ४जी विस्तार सुस्त,५जीमा अध्ययनपछि पनि काम अघि बढेन

    नेपाल नक्सा
    ६

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution