• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’

१ घण्टा अघि
२

सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने

२ घण्टा अघि
३

इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

३ घण्टा अघि
४

भन्सार राजस्व चुहावट प्रकरणमा छुट्टै संसदीय उपसमिति बनाउन सांसदहरूको दबाब

४ घण्टा अघि
५

ट्रष्टको सम्पत्ति संरक्षणमा लापरवाही, १५ हजार रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन अझै अधुरो,केही स्थानमा निजी विद्यालयसमेत सञ्चालन

१0 घण्टा अघि
६

मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

२१ घण्टा अघि
७

बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

२३ घण्टा अघि
८

मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित

१ दिन अघि
९

संसद् बैठक २ बजेलाई सर्‍यो

१ दिन अघि
१०

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

१ दिन अघि
११

संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा

१ दिन अघि
१२

प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहिबार (१ घण्टा अघि)

अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’

  • 364 Views
  • काठमाडौँ – संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले करका दरमा अनधिकृत रूपमा संशोधन गरेको पाइएको छ। जलविद्युत्, सिनेमा हल र निजी विद्यालयको शुल्क लगायत क्षेत्रमा ठूला कर छुट तथा हेरफेर थपिएको विषय सार्वजनिक भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सञ्चार जगतबीच विवाद चुलिएको छ।

    अर्थमन्त्री वाग्लेले संसदीय समितिमा दावी गरे, ‘१६ पाना गायब भनेर लेखियो, तर माइक्रोसफ्ट वर्डमा एक मिलिमिटर तान्दा १५–२० पाना तलमाथि हुन सक्छ। मैले बुझाएपछि एउटा थोप्लो पनि परिवर्तन भएको छैन।’ तर तथ्यहरू भिन्न देखिन्छन्। अर्थ मन्त्रालयले बजेट टेबुल भएको भोलिपल्टदेखि आफ्नो वेबसाइटमा कम्तीमा चार पटक दस्तावेज परिवर्तन गरेको छ, र कम्तीमा सात शीर्षकमा कर दर नै फेरिएको छ।

    जलविद्युत्मा ठूलो कर छुट : जनतालाई भ्याट, उत्पादकलाई छुट

    संसद्मा दर्ता मूल विधेयकमा ‘घरायसी प्रयोजनका लागि ५० युनिटसम्म विद्युत्मा मात्र भ्याट छुट’ भन्ने व्यवस्था थियो। तर संशोधनपछि ‘व्यवसायले व्यवसायलाई बेचेको विद्युत् शक्ति’ पनि भ्याट छुटको दायरामा आएको छ। यसले जलविद्युत् आयोजनाले अर्बौंको विद्युत् प्राधिकरणलाई बेच्दा भ्याट तिर्नु नपर्ने भएको छ। तर घरायसी प्रयोक्ताले ५० युनिटभन्दा बढी प्रयोग गरे भने भ्याट तिर्नुपर्ने व्यवस्था यथावत राखिएको छ।

    सिनेमा हललाई दश वर्ष कर छुट

    महानगरपालिका र उपमहानगरपालिकाबाहेक क्षेत्रमा निर्मित चलचित्र घरलाई व्यवसाय सुरु गरेको मितिले दश वर्षसम्म आयकर छुट दिने व्यवस्था संशोधनबाट थपिएको छ। आलोचकहरूले शिक्षा र स्वास्थ्यमा कर लगाउने सरकारले मनोरञ्जन उद्योगलाई दश वर्षसम्म कर छुट दिनु अनुचित भन्दै प्रश्न उठाएका छन्।

    निजी विद्यालय शुल्कमा अभिभावकलाई २५ हजार कर छुट

    यो व्यवस्था पनि मूल बजेटमा थिएन। संशोधनले आयकर ऐनमा नयाँ उपदफा थप्दै भनेको छ– ‘आफ्ना छोराछोरीको वार्षिक ट्युसन शुल्कको २५ प्रतिशत वा २५ हजार रुपैयाँ (जुन कम हुन्छ) करयोग्य आयबाट घटाउन पाइने।’ अहिले दस लाखसम्मको आम्दानीमा कर छुट दिइएको अवस्थामा अभिभावकले दस लाख २५ हजारसम्म आम्दानी गरे पनि कर तिर्नु नपर्ने भएको छ।

    ब्रिफकेसदेखि ईभीसम्म : अन्य मुख्य संशोधनहरू

    यस्तै, ब्रिफकेस, वालेट र सुटकेसमा १५ प्रतिशत भन्सार दरलाई ३० प्रतिशत पुर्याइएको छ भने भ्याक्सिन र ब्लड क्यारियर भन्सार बढाइएको छैन। विद्युतीय सवारीमा सडक निर्माण दस्तुर २० लाख भन्सार मूल्यसम्मका सवारीमा पाँच प्रतिशतबाट झारेर ढाई प्रतिशत बनाइएको छ। स्वच्छ पूर्वाधार लगानी शुल्कसमेत हेरफेर गरिएको छ। पेट्रोल र डिजेलमा दश प्रतिशत हरित करलाई फेरेर दश रुपैयाँ बनाइएको छ।

    कानुनी प्रश्न : टेबुल भएको विधेयक मन्त्रालयले संशोधन गर्न पाउँछ ?

    अर्थ मन्त्रीले संशोधनलाई ‘प्राविधिक त्रुटि सच्याएको’ भन्दै सफाई दिए पनि कानुनको दृष्टिले संसद्मा टेबुल भएको विधेयकमा एउटा थोप्लो वा कमा पनि परिवर्तन गर्ने अधिकार अर्थ मन्त्रालयलाई छैन। बजेट भनेको अर्थमन्त्रीको भाषण मात्र नभई विनियोजन ऐन, आर्थिक ऐन, राष्ट्र ऋण विधेयक, पेस्की खर्च विधेयक र ऋण जमानत विधेयक गरी पाँचवटा कानुनको प्याकेज हो। संसद्मा दर्ता भएपछि यी कानुन संशोधन गर्ने अधिकार एकमात्र संसद्लाई हुन्छ।

    अर्थमन्त्री वाग्लेले संसदीय समितिमा ‘पहिलेका अर्थमन्त्रीले पनि यसै गरेको’ दाबी गरे। तर पत्रकारहरूले प्रश्न गर्दा ती अर्थमन्त्री जवाफदेही हुने गरेको, राजीनामा दिने र संसदीय छानबिन हुने गरेको इतिहास छ। वाग्लेले भने ‘पत्रकार गिरोह’ को संज्ञा दिई अर्कै बाटो लिएका छन्।

    बजेटको विधायिकी प्रक्रिया र लोकतान्त्रिक उत्तरदायित्वको प्रश्न अहिले केन्द्रमा आएको छ। संसद्को अधिकार र मन्त्रालयको कार्यक्षेत्र छुट्ट्याउन नसक्दा उत्पन्न यो विवादले नेपालको संसदीय अभ्यासमा गम्भीर प्रश्न उठाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थमन्त्री वाग्लेले आफैँ भने– ‘एक मिलिमिटर तान्दा बजेटकै २० पाना हराउँछन्’
    १ घण्टा अघि

  • २

    सर्वोत्तम पेन्ट्सको प्राथमिक शेयर बिक्री खुला, असार २ सम्म आवेदन दिन सकिने
    २ घण्टा अघि

  • ३

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार
    ३ घण्टा अघि

  • ४

    भन्सार राजस्व चुहावट प्रकरणमा छुट्टै संसदीय उपसमिति बनाउन सांसदहरूको दबाब
    ४ घण्टा अघि

  • ५

    ट्रष्टको सम्पत्ति संरक्षणमा लापरवाही, १५ हजार रोपनीभन्दा बढी जग्गाको सीमाङ्कन अझै अधुरो,केही स्थानमा निजी विद्यालयसमेत सञ्चालन
    १0 घण्टा अघि

  • ६

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न
    २१ घण्टा अघि

  • ७

    बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
    २३ घण्टा अघि

  • ८

    मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित
    १ दिन अघि

  • ९

    संसद् बैठक २ बजेलाई सर्‍यो
    १ दिन अघि

  • १०

    सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ३

    जीन बैङ्कको क्षमता उपयोग न्यून,बीउ संरक्षणमा नेपाल पछाडि

    नेपाल नक्सा
    ४

    नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    कार्बन बेचेर अर्बौं कमायो नेपालले, गोल्ड स्ट्यान्डर्डमा दर्ता ढिलाइले असर

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution