
काठमाडौँ । बुधबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक अब पछि सारिएको छ। विशेष कारणले गर्दा बैठक तोकिएको समयमा बस्न नसकेपछि नयाँ समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
अब उक्त बैठक आजै दिउँसो २ बजे बस्नेछ। संसद् सचिवालयका अनुसार सभामुखले कानुनअनुसार बैठकको नयाँ समय तय गरेका हुन्। नियम अनुसार तोकिएको समयभन्दा दुई घण्टा ढिलो भए बैठक स्वतः स्थगित हुने व्यवस्था छ। त्यसैले परिस्थितिलाई ध्यानमा राख्दै बैठकको समय परिवर्तन गरिएको हो।
संसद् सचिवालयले सबै सांसदलाई नयाँ समयमा उपस्थित हुन जानकारी गराएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे