
काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। धेरैजसो व्यक्ति विदेशमा रहेको र केहीलाई विवरण तयार गर्न कठिनाइ भएको भन्दै समय थप गरिएको आयोगले जनाएको छ।
यसअघि आयोगले जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो। त्यसअनुसार जेठ मसान्तसम्म बुझाइसक्नुपर्ने समय तोकिएको थियो।
तर हालसम्म करिब ३ हजार ५०० जनाले मात्र विवरण बुझाएका छन्। अझै धेरैले बुझाउन बाँकी रहेकाले अन्तिम पटकका लागि म्याद थप गरिएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिए।
अब सबै सम्बन्धित व्यक्तिहरूले असार मसान्तभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे