२०८० आश्विन १४, आईतबार
गायक दुर्गेशले आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा गत शुक्रबार सार्वजनिक गरेको ‘पैसा’ बोलको गीत विवादित बनेको हो ।
आपत्तिजनक शब्द र प्रस्तुतिका कारण गीत विवादित बनेको हो । र्याप शैलीको यस गीतमा दुर्गेशले ‘छाडा’ र आपत्तिजनक शब्दहरु प्रयोग गरेका छन् ।
वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रीय कमिटीले गीतको प्रसारण तत्काल बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई आग्रह गरेको छ ।
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको प्रयोग भएको र महिलाको शरीरलाई पैसासँग जोडेर प्रस्तुत गरेको भन्दै गीतको प्रसारण बन्द गर्न आग्रह गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे