
काठमाडौँ । आज सोमबारदेखि देशभर कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड का अनुसार यस वर्ष कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी परीक्षा सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रहरूमा परीक्षा उत्साहपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ । विद्यार्थीहरू निर्धारित समयमै परीक्षा केन्द्रमा उपस्थित भई नियमित रूपमा परीक्षा दिइरहेका छन् ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको करिब डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । समयमै नतिजा प्रकाशन हुने अपेक्षाले विद्यार्थीहरूमा थप उत्साह देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे