जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्तिको घोषणा
१०५ पटक पढिएको
काठमाडौँ, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो। नागरिक उन्मुक्ति पार्टीले जेठ ३, ४, ५ गते राँके जुलुस र जेठ ६,७ , ८ , ९, १० गते नेपाल बन्दको घोषण गरेको छ ।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको हो ।
डिल्ली बजार कारागारमा रहेका चौधरीले बुधबार विज्ञप्ति जारी गरेर अदालतको आदेश स्वीकार्ने भन्दै सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न पनि आग्रह गरेका छन् ।