
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले गत २३ र २४ भदौमा भएको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले आयोगकी सदस्य लिली थापा नेतृत्वको समितिले बनाएको प्रतिवेदन किन रोकिएको हो भन्ने विषयमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।
केसीले उक्त प्रतिवेदन कसले र किन सार्वजनिक हुनबाट रोकेको हो भन्ने कुरा संसद्ले जान्नुपर्ने धारणा राखे । उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन पनि अपूरो रहेको भन्दै त्यसलाई पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे