
काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदन तथा अन्य निवेदनहरू रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण गर्दै तत्काल दर्ता गर्न आदेश दिएकी छन् ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल लगायतका रिट तथा अधिवक्ता गीता थापा को दरपीठ आदेशसम्बन्धी निवेदनहरू अदालत प्रशासनले दर्ता नगरेको भन्दै उजुरी परेको थियो ।
मल्लले अदालत नै न्याय पाउने अन्तिम स्थान भएकाले आएका सबै निवेदन कानूनअनुसार दर्ता गर्नुपर्ने स्पष्ट निर्देशन दिएकी छन् । उनले प्रशासनले निवेदन रोक्ने अधिकार नभएको र यस्तो कार्यले न्यायमा पहुँचमा बाधा पुग्ने बताएकी छन् ।
मुख्य रजिस्ट्रारले केही निर्देशनका कारण दर्ता रोकिएको जानकारी दिए पनि यसलाई न्यायिक प्रक्रियामाथिको गम्भीर समस्या भनिएको छ ।
अन्ततः सबै निवेदन आजै दर्ता गरी इजलासमा पेश गर्न र जानकारी दिन आदेश दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे