
काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ९इम्क्ष्० क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डविरुद्धको विश्वकप लिग–२ खेलमा उनले थप २ विकेट लिँदै १५० विकेट पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल ७३ खेल ९७१ इनिङ्स० मा हासिल गरेका छन् ।
यससँगै उनले अष्ट्रेलियाका मिचेल स्टार्क को ७७ खेलमा १५० विकेटको पुरानो विश्व रेकर्ड तोडेका छन् । यसअघि सबैभन्दा छिटो १५० विकेट लिने सूचीमा पाकिस्तानका साक्लैन मुश्ताक, अफगानिस्तानका राशिद खान र भारतका मोहम्मद शामी पनि रहेका थिए ।
सन्दीपले यसअघि ४२ खेलमै १०० विकेट लिएर पनि कीर्तिमान बनाइसकेका थिए । घरेलु मैदानमा दर्शकहरूको उत्साहबीच बनेको यो उपलब्धिले नेपाली क्रिकेटलाई विश्वस्तरमा थप पहिचान दिलाएको छ ।
उनको यो प्रदर्शनले नेपाललाई लिग–२ मा बलियो स्थान बनाउन पनि सहयोग पुगेको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे