
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोल क्षेत्रमा बिहान पहिरो खस्दा यातायात आंशिक रूपमा प्रभावित भएको छ। बिहान करिब ५:४५ बजे ढुङ्गासहितको पहिरो खसेपछि सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भइरहेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरो हटाउन डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरेर डोजर बोलाइएको छ। पहिरो खसेको स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्छ।
यात्रुहरूलाई सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक योजना बनाउन पनि आग्रह गरिएको छ। यो सडक खण्ड पहाडी भू–भागमा पर्ने भएकाले समय–समयमा पहिरो खस्ने समस्या हुने गरेको छ, जसले यातायातमा अवरोध पुर्याउने गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे