
काठमाडौँ । गगन थापाले लोकतन्त्रका लागि स्वतन्त्र र निर्भय प्रेस अत्यन्तै महत्वपूर्ण भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस को अवसरमा शुभकामना दिँदै उनले यस्तो धारणा राखेका हुन्।
थापाका अनुसार, लोकतन्त्र बलियो बनाउन स्वतन्त्र प्रेस आवश्यक हुन्छ, किनकि यसले जनतालाई सही सूचना दिन्छ। तर अहिलेको बदलिँदो समयसँगै समाचार संकलन गर्ने र सत्य बाहिर ल्याउने काम पहिलेभन्दा गाह्रो हुँदै गएको उनले बताएका छन्। उनले भने, कतिपय अवस्थामा पत्रकारहरूले असुरक्षा र दबाब पनि सामना गर्नुपरेको छ। यस्तो अवस्थामा पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीहरूको उनले प्रशंसा गरेका छन्।
थापाले प्रेस स्वतन्त्रता कसैको विरुद्ध नभई नागरिकको ‘जान्न पाउने अधिकार’ जोगाउनका लागि भएको स्पष्ट पारे। सत्य समाचार लेखेकै कारण कसैले डराउन नपर्ने वातावरण बनाउनु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे। अन्त्यमा उनले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै सत्य र निष्पक्ष पत्रकारितामा लागिरहन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे