
काठमाडौँ । नेपाली सेना का तीन जना सहायक रथीलाई उपरथी पदमा बढुवा गरिएको छ । प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेतलाई उपरथीमा पदोन्नति गरिएको हो ।
उनीहरूको बढुवासम्बन्धी निर्णय गत वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । सोही निर्णयअनुसार बुधबार सेनाको मुख्यालयमा आयोजित विशेष समारोहबीच अशोकराज सिग्देल ले नवउपरथीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
पदोन्नतिसँगै उनीहरूले सेनाभित्र उच्च जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ । नेपाली सेनाले योग्यता, अनुभव र कार्यसम्पादनका आधारमा पदोन्नति गर्दै आएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे