
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई कागजात र व्यवहारमा एकरूपता अपनाउन निर्देशन दिएको छ। पार्टीले सांसदहरूको लेटरहेड, कार्ड र अन्य कागजातमा एउटै ढाँचा प्रयोग गर्न भनेको छ। साथै, कुनै पनि कागजातमा “माननीय” भनेर लेख्न वा प्रयोग नगर्न पनि निर्देशन दिइएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको अनौपचारिक बैठकपछि प्रवक्ता मनिष झाले यो जानकारी दिएका हुन्। पार्टीले सांसदहरू अझै सिकाइको चरणमा रहेको भन्दै सल्लाहकार र अनुभवी व्यक्तिहरूसँग सल्लाह लिन सुझाव दिएको छ।
आगामी निर्वाचनका लागि टिकटबारे कुनै पनि वाचा नगर्न पनि चेतावनी दिइएको छ। नियम उल्लंघन भए कारबाही हुने रास्वपाले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे