
काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा प्रशिक्षक सञ्जाल (जिन) नेपालको सहकार्यमा “स्प्रिङ जुम्बा फेष्ट” कार्यक्रम चैत्र २२ गते शनिबार उत्साहपूर्वक सम्पन्न भएको छ। रोयल ट्यूलिप काठमाडौं आतिथ्य साझेदार रहेको उक्त कार्यक्रममा देशभरबाट करिब ४०० फिटनेसप्रेमी तथा लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्यसँगै डिटक्स र मानसिक तनाव घटाउने गतिविधिहरू सञ्चालन गरिएका थिए, जसले सहभागीहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गरेको बताइएको छ।
जुम्बा प्रशिक्षक सञ्जाल (जिन) नेपालले हाल देशभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेल्दै आएको छ। कार्यक्रममा ट्रान्क्यूलिटी स्पाका प्रमुख मानव संसाधन तथा वित्त अधिकृत एवं जिन नेपालका सक्रिय सदस्य निशा श्रेष्ठले यस्ता कार्यक्रमहरूले स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सहकार्यमा सहभागी हुन पाउँदा खुशी लागेको धारणा व्यक्त गरिन्।
यसैबीच, आगामी वैशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौंस्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना गरिने जानकारी दिइएको छ। साथै, ट्रान्क्यूलिटी स्पा र जिन नेपालबीच वेलनेस संस्कृतिको प्रवर्द्धनका लागि आगामी दिनहरूमा समेत सहकार्यलाई निरन्तरता दिइने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे