
काठमाडौँ , फागुन २१। आज नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला नौ सय रूपैयाँ बढेको हो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १० रूपैयाँ बढेर एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे