
काठमाडौँ , ८ फागुन । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज प्रतितोला ५०० ले मूल्य बढेको हो । र चाँदीमा रु। १० ले वृद्धि भएको छ ।
बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० मा किनबेच भएको थियो । यसैगरी, बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे