
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो।
मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे