
एजेन्सी | इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा हवाई हमला गरेपछि हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको छ । इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् ।
इजरायली सेनाले फुआद शुक्र गुप्तचरमा आधारित उन्मूलनको लक्ष्य भएको बताएको छ। हिजबुल्लाहले अहिलेसम्म उनको मृत्युको पुष्टि गरेको छैन, तर हानिया त्यस समयमा भवनमा रहेको बताइएको छ । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो ।
समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त ‘घटना’ कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ । इजरायली अधिकारीहरूले शनिबार इजरायली(नियन्त्रित गोलान हाइट्समा रकेट आक्रमणको लागि जिम्मेवार रहेको बताएका छन् जसमा १२ व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश बालबालिका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे