
काठमाडौं,साउन ३। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ ।
८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा चएको चुनावी सभामा भाग लिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए ।
गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ । फेरि उनलाई यहि समयमा यो रोग आएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे