
काठमाडौँ, असार १२। केन्यामा कम्तिमा पाँच प्रदर्शनकारीलाई प्रहरीका गोली लागेर मृत्यु भएको छ। केन्याको संसदमा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । नयाँ कर प्रस्तावहरू विरुद्धको प्रदर्शन बढ्दै जाँदा संसदको एक भाग आगोमा लागेको छ।
आक्रोशित भीडले राजधानी नैरोबीको संसदमा आक्रमण गर्न पुलिस लाइनहरू तोडेर त्यसको केही भागमा आगजनी गरेका थिए । मंगलबार साँझ एक सम्बोधनमा, राष्ट्रपति विलियम रुटोले हाम्रो देशको सुरक्षा र स्थिरतालाई कमजोर पार्ने खतरनाक अपराधीहरूको कुनै पनि प्रयासलाई विफल पार्न सबै उपायहरू प्रयोग गरिने बताए।
केन्या सरकारले नया आर्थिक विधेयक पास गर्दै विभिन्न विषयमा कर वृद्धि गरेको विरोधमा त्यहाँका नागरिक आन्दोलित भएका हुन्। प्रदर्शनकारीहरूले संसदमा तोडफोड र कम्प्लेक्सका केही भागहरूमा आगजनी गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे