
काठमाडौं, २४ जेठ । भारतको सत्तारुढ गठबन्धन एनडीएले तेस्रो कार्यकालका लागि पनि नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ ९शनिबार० मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन् । प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडिए० को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । सन् २०१४ देखि लगातार प्रधानमन्त्री रहेका मोदीले चुनावको नतिजा सार्वजनिक भएपछि बुधबार दिउँसो पदबाट राजिनामा दिएका थिए ।
जुन ८ मा नयाँ प्रधानमन्त्रीको सपथको तालिका सार्वजनिक भइसकेकाले प्रधानमन्त्री निवासमा बुधबार साँझ भएको एनडीए गठवन्धन बैठकलले मोदीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । बैठकमा नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, टीडीपी प्रमुख चन्द्रबाबु नायडू, बिहारका मुख्यमन्त्री नितिश कुमार र जेडीयु नेता लालन सिंह र सञ्जय झा उपस्थित थिए । बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारले सरकार गठन प्रक्रियालाई चाँडो अघि बढाउन आग्रह गरेका थिए ।
लोकसभाको निर्वाचनमा एनडीए गठबन्धनले २९२ सिट जितेको छ । भारतको लोकसभा ५४३ सदस्यीय रहेको छ ।
बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । यो चुनावमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले भने २४० सिटमात्रै जितेको छ । अघिल्लो पटक ३०३ सिट जित्दै सरकार बनाएको भाजपाले यस पटक भने गठबन्धन गरेर चुनावमा गएको थियो । चुनावी नतिजाले भाजपाको लोकप्रियता भने घटेको पुष्टि गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे